१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

पद धारण गर्न शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते 

काठमाडौँ — नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । प्रक्राउ पर्नेमा ललितपुर महानगरपालिका–१३ कुसुन्ती ५३ वर्षीय माधवप्रसाद तिमल्सिना छन् । 

नेपाल सरकार भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालक पदमा नियुक्तिका लागि शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको ब्युरोका प्रवक्ता एसपी श्यामकुमार महतोले बताए ।

पाटन बहुमुखी क्याम्पसबाट स्नातक तह उत्तीर्ण गरेको माधवप्रसाद तिमल्सिनाको नाममा जारी भएको चारित्रिक प्रमाणपत्र र उनकै नाममा पाटन मल्टिपल क्याम्पसको स्नातकको ‘हुम्यानिटिज र सोसल साइन्सको ट्रान्सक्रिप्ट’ किर्ते गरी २०७८ चैत ६ गते निवेदन साथ राष्ट्रिय सहकारी विकास वोर्डमा पेश गरेको पाइएपछि उनलाई मंगलबार ललितपुर थसीखेलबाट पक्राउ गरेको एसपी महतोले बताए । उनलाई लिखतसम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : असार १४, २०७९ २१:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?