पेस्तोल र गोलीसहित एक जना पक्राउ- उपत्यका - कान्तिपुर समाचार

पेस्तोल र गोलीसहित एक जना पक्राउ

कान्तिपुर संवाददाता

ललितपुर — ललितपुर प्रहरीले ललितपुर महानगरपालिका-४ कृष्णमन्दिर इमाडोल लुभु सडकखण्डबाट पेस्तोल र गोलीसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महालक्ष्मी नगरपालिका-८ लुभु बस्ने ५३ वर्षीय श्यामकृष्ण श्रेष्ठ छन् । 

श्रेष्ठले चलाइरहेको प्रदेश ३-०२-०१२ प ६२४१ नम्बरको स्कुटरको डिकीभित्र लुकाएर ल्याएको पेस्तोल १ थान, पेस्तोलको खाली म्याग्जिन, पेस्तोलमा लाग्ने गोली (बुलेट) २ थान बरामद गरेको ललितपुर प्रहरी प्रवक्ता एसपी शिद्धी विक्रम शाहले बताए ।

प्रकाशित : असार १४, २०७९ १४:१३
प्रतिक्रिया
पठाउनुहोस्

बस्तीमा पस्यो सिंघिया खोलाको बाढी, २५ घर विस्थापित

विनोद भण्डारी

विराटनगर — विराटनगरका विभिन्न बस्तीमा बाढीपहिरो पसेको छ । बाढीपहिरो बस्तीमा पसेपछि स्थानिय सुरक्षित स्थानतर्फ गएका छन् ।

विराटनगर महानगरपालिका–८ हाटखोलामा सिंघिया खोलाको बाढी पसेपछि २५ घर विस्थापित भएका छन् । वडा नम्बर–२ का १५ घरमा पनि बाढी पसेपछि त्यहाँका स्थानीय पनि विस्थापित भएका छन् ।

यस्तै, कटहरी १ को खारटोलमा ६० घर विस्थापित भएको मोरङ प्रहरी प्रवक्ता, डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । बेलबारी– ६ मा खरखोलाको बाढी पस्दा ८ घर विस्थापित भएका छन् ।

बुढीगंगा –२ स्थित विराट शिक्षण अस्पतालको आकस्मिक कक्षमै बाढी भएपछि बन्द गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

यसका साथै मंगलबार बिहान गछिया खोलाको बाढीमा एक जना पुरुषको शव फेला परेको थियो ।

सोमबार रातिको पानीको कारण झापा, सुनसरी र मोरङका विभिन्न स्थानका नदीमा पानीको सतह बढेसँगै बाढी आएपछि बस्ती तथा घर डुबानमा परेका छन् ।

प्रकाशित : असार १४, २०७९ १४:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×