कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सूर्यविनायक नगरपालिकाकाको बजेट १ अर्ब ९२ करोड

भक्तपुर — सूर्यविनायक नगरपालिकाले आगामी आर्थिक वर्ष ०७९/८० का लागि १ अर्ब ९२ करोड १८ लाख रूपैयाँ अनुमानित बजेट सार्वजनिक गरेको छ । नगरप्रमुख वासुदेव थापाको अध्यक्षतामा शुक्रबार भएको नगरसभाको ११ औं अधिवेशनमा उपप्रमुख सरिता तिम्सिना भट्टराईले बजेट सार्वजनिक गरेकी हुन् । 

सूर्यविनायक नगरपालिकाकाको बजेट १ अर्ब ९२ करोड

नगरपालिकाले आगामी आर्थिक वर्ष ०७९/८० का लागि चालुतर्फ विषय क्षेत्रगत समिति र शाखाबाट प्रस्तावित कार्यक्रम संचालन गर्न २४ करोड ८२ लाख ३५ हजार रुपैयाँ, सामाजिक सुरक्षा भत्तामा १६ करोड रुपैयाँ, ससर्तका कार्यक्रम संचालन गर्न २६ करोड ६७ लाख ८४ हजार रुपैयाँ, चालु खर्चतर्फ २५ करोड २५ लाख रुपैयाँ र पुँजीगत कार्यक्रमतर्फ ९९ करोड ४३ लाख ५८ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्षको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्व परिचालनबाट २२ करोड २८ लाख ७५ हजार रुपैयाँ, घरजग्गा रजिष्ट्रेशनबाट ३५ करोड रुपैयाँ, चालु आर्थिक वर्षको राजस्व बचतबाट २५ करोड रुपैयाँ, संघ र प्रदेशबाट प्राप्त वित्तीय समानीकरण अनुदान २५ करोड ५ लाख १३ हजार रुपैयाँ, संघ र प्रदेशबाट प्राप्त सशर्त अनुदान ४२ करोड ६७ लाख ८४ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

त्यस्तै, प्रदेशबाट प्राप्त विशेष अनुदान ७५ लाख रुपैयाँ, संघ तथा प्रदेशको राजस्व बाँडफाँटबाट १५ करोड ४२ लाख ५ हजार रुपैयाँ, समपूरक योजना कार्यान्वयनको लागि जिल्ला समन्वय समिति र प्रदेशबाट ५ करोड रुपैयाँ, सामाजिक सुरक्षा कार्यक्रमबाट १६ करोड रुपैयाँ, सडक बोर्डबाट १ करोड रुपैयाँ र नगद लागत सहभागिताबाट ४ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरेको उपप्रमुख भट्टराईले बताइन् ।


प्रकाशित : असार १०, २०७९ २२:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?