२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

शोभा प्रधानको अन्त्येष्टि 

काठमाडौँ — नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छेंकी पत्नी शोभा प्रधानको शुक्रबार अन्त्येष्टि गरिएको छ । ललितपुर हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा  बुधबार दिउँसो निधन भएकी प्रधानको शुक्रबार भक्तपुरको हनुमानघाटमा अन्त्येष्टि गरिएको हो । त्यसअघि सिद्वपोखरीबाट सुरु भएको शवयात्रामा हजारौंको सहभागी थिए । 

शोभा प्रधानको अन्त्येष्टि 

रामेछाप ठोसेमा जन्मिएकी ६२ वर्षीया प्रधान क्यान्सरबाट पीडित थिइन् । नेता बिजुक्छेंसँग प्रधानको २०४० मंसिर ११ गते विवाह भएको थियो । उनीहरूको सुवेग र सुवान गरी दुई छोरा छन् । शिक्षण पेसामा आबद्व प्रधान नेमकिपाको नेपाल क्रान्तिकारी महिला संघको कोषाध्यक्ष थिइन् । पहिलोपल्ट क्यान्सरमुक्त भएकी प्रधान क्यान्सर दोहोरिएपछि थलिएकी थिइन् ।

नेमकिपा केन्द्रीय समिति र नेपाल क्रान्तिकारी महिला संघले विज्ञप्ति निकालेर प्रधानको निधन दु:ख व्यक्त गरेका छन् ।


प्रकाशित : असार १०, २०७९ २१:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?