चाँगुनारायण नगरपालिकाको बजेट १ अर्ब ८२ करोड- उपत्यका - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चाँगुनारायण नगरपालिकाको बजेट १ अर्ब ८२ करोड

लिला श्रेष्ठ

काठमाडौँ — चाँगुनारायण नगरपालिकाले आगमी आर्थिक वर्ष ०७९/८० को लागि १ अर्ब ८२ करोड २३ लाख ६१ हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ । नगरप्रमुख जीवन खत्रीको अध्यक्षता बसेको ११ नगर अधिवेशनमा उपप्रमुख रमेश बुढाथोकीले शुक्रबार बजेट सार्वजनिक गरेका हुन् ।

नगरपालिकाको विनियोजित बजेटको पुँजीगत खर्चतर्फ १ अर्ब ९ करोड ३ लाख ६३ हजार रुपैयाँ अर्थात्, ५९ दशमलव ८ प्रतिशत र चालु खर्चतर्फ ७२ करोड ७१ लाख ८३ हजार रुपैयाँ अर्थात् ४० दशमलब २ प्रतिशत विनियोजन गरेको छ ।

चाँगुनारायण नगरले सडक निर्माण र स्तरउन्नतीका लागि विनियोजित बजेटको सबैभन्दा धेरै २२ करोड ४५ लाख रुपैयाँ छुट्याएको छ । आफ्नै निर्माणधीन भवनका लागि २० करोड रुपैयाँ छुट्याइएको छ ।

निवर्तमान मेयर सोमप्रसाद मिश्रले सुरु गरेको मेयर उद्यमशीलता विकास कार्यक्रमको निरन्तरताका लागि नगरले आगामी आर्थिक वर्षका लागि १ करोड ६५ लाख रुपैयाँ छुट्याइएको छ । त्यस्तै, यसअघिकै जनप्रधिले ल्याएको ‘बचत खाता छोरीको, सुरक्षा जीवनभरीको’कार्यक्रमका लागि५० लाख रुपैयाँ विनियोजन गरेको छ ।

नगरपालिकाले ‘एक घर एक धारा’अवधारणाअन्तर्गत ६ करोड ८० लाख रुपैयाँ छुट्याएको छ भने उज्यालो चाँगुनारायण अन्तर्गत सडकबत्तीका लागि समेत बजेट विनियोजन गरिएको छ । कृषिमा १ करोड ९ लाख छुट्याएको नगरपालिकाले विपद व्यवस्थापनका लागि १ करोड ५० लाख विनियोजन गरेको छ ।

प्रकाशित : असार १०, २०७९ १८:५८
प्रतिक्रिया
पठाउनुहोस्

ललितपुर महानगरको बजेट ६ अर्ब ३५ करोड 

कान्तिपुर संवाददाता

काठमाडौँ — ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०७९/०८० लागि ६ अर्ब ३५ करोड ३५ करोड ३ हजार रुपैयाँको बजेट ल्याएको छ । 

ललितपुर महानगरको शुक्रबारको नगरसभामा नगरप्रमुख चिरीबाबु महर्जनले उक्त बजेट पेस गरेका हुन् । महर्जनले नगरसभामा बजेट तथा नीति प्रस्तुत गर्दै यो बजेटले महानगरको विकास, सेवा व्यवस्थापन, सुशासन कायम राख्न सहयोग गर्ने बताए । महानगरलाई नागरिकमैत्री स्थानीय सरकारको परिचय स्थापित गर्ने संकल्प पूरा गर्ने महानगर प्रमुख महर्जनको भनाइ थियो ।

उपप्रमुख मंजली शाक्यले आर्थिक वर्ष २०७९/०८०को नीति तथा कार्यक्रम जनपक्षीय र परिणाममुखी भएको बताइन् । महानगरलाई सुन्दर नगर बनाउन केही नयाँ योजनाहरु थपिएको उनले बताइन् ।

असार १६ गते नगरसभाको अर्को बैठक बोलाइएको छ ।

प्रकाशित : असार १०, २०७९ १८:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×