कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सेतो हेरोइनसहित ३ विदेशी र १ नेपाली पक्राउ 

काठमाडौँ — नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले ४ किलो ९ सय ग्राम सेतो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा तीन विदेशी र एक जना नेपाली नागरिकसहित चार जना छन् । 

सेतो हेरोइनसहित ३ विदेशी र १ नेपाली पक्राउ 

फ्लाई दुबईको उडानबाट दक्षिण अफ्रिकास्थित जोहानसबर्गबाट जेठ २ गते बिहान तान्जानियन नागरिक पासपोर्ट नम्बर टीएई ११५९४३ बाहक ३० अब्दल्लाह अबुलिकी त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं आइपुगेका थिए । उनको गतिविधि शंकास्पद लागेपछि ब्यूरोबाट खटिएका प्रहरीले निगरानी राख्यो । त्यसैक्रममा प्रहरीले सोही दिन काठमाडौं महानगरपालिका–६ स्थित बौद्धको एक होटलबाट सुटकेसभित्र फल्सबटम बनाएर ल्याएको ४ किलो ९ सय ग्राम हेरोइनसहित अबुलिकीलाई पक्राउ परेको ब्युरो प्रमुख एसपी जीवनकुमार श्रेष्ठले बताए ।

प्रहरीले बौद्धकै होटलबाट भारतको हरियाणा राज्यबाट उक्त सेतो हेरोइन लिन आएका ४६ वर्षीय मुनिम सिंह, ४३ वर्षीय विक्रमजित सिंह र पर्सा वीरगन्ज महानगरपालिका–१३ का ३० वर्षीय बिक्की रौनियारलाई पक्राउ गरेको छ । पछिल्ला केही घटनालाई केलाएर हेर्दा विदेशबाट ल्याएको लागूऔषध भारत लौजाने तयारी रहेको एसपी श्रेष्ठले बताए । उनीहरूमाथि लागूऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम लागूऔषध हेरोइन मुद्दामा म्याद थप गरी अनुसन्धान गरिरहेको ब्युरोले जनाएको छ ।

दुई साताअघि ब्युरोले ५१ किलो हेरोइनसहित सात जना दक्षिण अफ्रिकी नागरिकलाई पक्राउ गरेको थियो । ब्युरोले विगतको अनुभवका आधारमा ‘क्रिमिनल प्रोफाइल’ गरी त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा निरन्तर निगरानी बढाएको एसपी श्रेष्ठले बताए ।

प्रकाशित : असार ९, २०७९ १६:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?