३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

टिपरको ठक्करबाट भक्तपुरमा दुई जनाको मृत्यु

भक्तपुर — अरनिको राजमार्ग सडकखण्डअन्तर्गत सूर्यविनायक नगरपालिका-८ आदर्शचोकस्थित टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार बिहीबार बिहान सवा २ बजे सूर्यविनायकबाट जगातीतर्फ जाँदै गरेको बा ८९ प ७८७६ मोटरसाइकल र विपरीत दिशातर्फबाट आउँदै गरेको बा ४ ख ५२९८ नम्बरको टिपर एकापसमा ठक्कर खाएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाइकलमा सवार भक्तपुर नगरपालिका-२ व्यासीका १९ वर्षीय निश्चल चौगुठी र सोही मोटरसाइकलमा सवार नामथर वतन नखुलेका २०/२१ वर्षका पुरुषको मृत्यु भएको भक्तपुर प्रहरी प्रवक्ता डीएसपी राजु पाण्डेले बताए ।

टिपरको ठक्करबाट सख्त घाइते दुवैको उपचारको क्रममा भक्तपुर अस्पतालमा मृत्यु भएको हो । टिपर चालक दोलखा मेलुङ गाउँपालिका-३ घर भई काठमाडौं सुकेधारा बस्ने ३५ वर्षीय धनबहादुर थोकरलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरू गरेको जनाएको छ ।

प्रकाशित : असार ९, २०७९ १०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?