१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

पत्रकार सुनार पुरस्कृत

काठमाडौँ — सुदर्शन देवकोटा स्मृति दोस्रो राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार २०७९ बाट नागरिक दैनिककी स्वास्थ्य पत्रकार पवित्रा सुनार पुरस्कृत भएकी छन् । दुई दशकदेखि पत्रकारितामा सक्रिय सुनारलाई ३० हजार रुपैयाँ प्रदान गरिएको छ ।

पत्रकार सुनार पुरस्कृत

सुदर्शन शारदा देवकोटा स्मृति फाउन्डेसनले स्वास्थ्य पत्रकार मञ्च नेपालसँगको सहकार्यमा गत वर्ष पुरस्कार स्थापना गरी हस्तान्तरण गर्दै आएको छ । बुधबार काठमाडौंमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवानीप्रसाद खापुङ र फाउन्डेसनकी अध्यक्ष डा. सुधा देवकोटाले सुनारलाई पुरस्कार हस्तान्तरण गरे ।

राज्यमन्त्री खापुङले पत्रकारहरूले जोखिम मोलेर विभिन्न समयमा काम गरेको भन्दै प्रशंसा गरे । स्वास्थ्य क्षेत्रमा अझै पनि अग्रसर भएर कलम चलाउन उनको आग्रह थियो ।

फाउन्डेसनकी अध्यक्ष डा. देवकोटाले बुबा सुदर्शनबाट प्रेरित भएका कारण पत्रकारिता क्षेत्रको महत्व बुझेको र पत्रकारिताको सम्मानस्वरूप पुरस्कार स्थापना गरिएको बताइन् । स्वास्थ्य पत्रकार मञ्च नेपालका अध्यक्ष रामप्रसाद न्यौपानले यस किसिमको पुरस्कारले पत्रकारलाई काम गर्न थप हौसला मिल्ने बताए ।

प्रकाशित : असार ९, २०७९ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?