नेमकिपा अध्यक्ष बिजुक्छेंलाई पत्नीशोक- उपत्यका - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेमकिपा अध्यक्ष बिजुक्छेंलाई पत्नीशोक

कान्तिपुर संवाददाता

भक्तपुर — नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंलाई पत्नीशोक परेको छ । बिजुक्छेंकी पत्नी शोभा प्रधानको बुधबार दिउँसो ललितपुर हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा निधन भएको नेमकिपाका जिल्ला अध्यक्ष एवं प्रदेश सांसद सुरेन्द्रराज गोसाईंले जानकारी दिए । 

रामेछाप ठोसेमा जन्मिएकी ६२ वर्षीया प्रधान क्यान्सरबाट पीडित थिइन् । नेता बिजुक्छेंसँग प्रधानको २०४० मंसिर ११ गते विवाह भएको थियो । उनीहरुको सुवेग र सुवान गरी दुई छोरा छन् ।

शिक्षण पेशामा आवद्ध प्रधान नेमकिपाको नेपाल क्रान्तिकारी महिला संघको सदस्य थिइन् । पहिलोपल्ट क्यान्सरमुक्त भएकी प्रधान क्यान्सर दोहोरिएपछि थलिएकी थिइन् ।

प्रकाशित : असार ८, २०७९ १८:१२
प्रतिक्रिया
पठाउनुहोस्

राष्ट्रिय आविष्कार केन्द्रलाई एनआरएनएद्वारा १२ लाख ८७ हजार रुपैयाँ सहयाेग

कान्तिपुर संवाददाता

काठमाडौँ — गैरआवासीय नेपाली संघ (एनआरएनए)ले  राष्ट्रिय आविष्कार केन्द्रलाई १२ लाख ८७ हजार ५८० रुपैयाँ सहयाेग प्रदान गरेको छ । संघको सचिवालयमा आयोजित कार्यक्रममा उक्त रकमको चेक गैरआवसीय नेपाली संघका कार्यकारी अध्यक्ष कुल आचार्यले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्ष डा‍. महावीर पुनलाई हस्तान्तण गरे।

संघका उपाध्यक्ष महेश कुमार श्रेष्ठले स्वागत मनतब्य राख्दै विश्वभरका नेपालीले राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरिरहेको जानकारी गराए। महावीर पुनले साे कार्यक्रममा विदेशबाट ९२ देखि ९४ प्रतिशत सामान नेपालमा आयात हुँदा धेरै रकम विदेशमा नै जाने भएकोले त्यसको ५ प्रतिशत मात्र नेपालमा उत्पादन गर्न सके देशको व्यापार घाटा कम हुने, देशको राजस्व वृद्धि हुने र रोजगारीको सृजना हुने बताए । गैरआवासीय नेपाली संघले पनि आविस्कार केन्द्रको स्थापना गरी नयाँ प्रतिभावान व्यक्तिलाई प्लाटफर्म दिन सक्ने उनले बताए । संघका कार्यकारी अध्यक्ष कुल आचार्यले विदेशमा सिकेको ज्ञान, सीप र लागानी नेपालमा हस्तान्तण गर्न राष्ट्रिय आविष्कार केन्द्रजस्ता संस्था उपयुक्त रहेको बताउँदै संघले पवित्र मन बोकेको राष्ट्रिय आविष्कार केन्द्रलाई हरदम सहयोग गर्न तयार रहेको बताए ।

प्रकाशित : असार ८, २०७९ १८:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×