कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका दुई शिक्षक थुनामा

काठमाडौँ — यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका सेन्ट लरेन्स कलेजका दुई शिक्षक पुर्पक्षका लागि कारागार चलान भएका छन् । 

यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका दुई शिक्षक थुनामा

जिल्ला अदालत काठमाडौंले मंगलबार कलेजका को–अर्डिनेटर काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका–१ घर भई कागेश्वरी मनोहरा नगरपालिका–८ बस्ने ४७ जनार्दन अधिकारी र शिक्षक कागेश्वरी मनोहरा–७ का ५१ वर्षीय राजनकुमार पौडेललाई पुर्पक्षमा थुनामा राख्न आदेश दिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ । गत जेठ १० गते काठमाडौं महानगर–७ चाबहिलस्थित सेन्ट लरेन्स कलेजको कोर्ष को–अर्डिनेटर अधिकारी र शिक्षक पौडेल विद्यार्थीहरुमाथि यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका थिए ।

सेन्ट लरेन्स कलेजमा अध्ययनरत विद्यार्थीका अभिभावकले नाबालिका छोरीहरुलाई यौन दुर्व्यवहार गरेको भन्दै प्रहरी वृत्त गौशालामा जाहेरी दिएका थिए । कोर्ष को–अर्डिनेटर अधिकारी र शिक्षक पौडेलउपर मुलुकीअपराध (संहिता) ऐन, २०७४ को परिच्छेद–१८ को दफा २२५ को बाल यौनदुरुपयोग गर्न नहुनेसम्बन्धी कसूर मुद्दामा अदालतबाट पुर्पक्षका लागि डिल्लीबजार कारागार पठाउने आदेश दिएको हो ।


प्रकाशित : असार ७, २०७९ २०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?