पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा राप्रयु संघको मसाल जुलुस- उपत्यका - कान्तिपुर समाचार

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा राप्रयु संघको मसाल जुलुस

कान्तिपुर संवाददाता

काठमाडौँ — पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले काठमाडौंमा मंगलबार साँझ मसाल जुलुस आयोजना गरेको छ ।

भृकुटीमण्डपबाट सुरु भएको मसाल जुलुस भद्रकाली, सुन्धारा हुँदै रत्नपार्कमा पुगेर समाप्त भएको थियो ।

नेपाल आयल निगमले पछिल्लो पटक पेट्रोलमा २१, मट्टितेल र डिजेलमा २७/२७ रुपैयाँ वृद्धि गरेपछि राजनीतिक दलहरुका भ्रातृ संगठनहरुले विरोध गर्दै आएका छन् ।

हाल पेट्रोलको मूल्य १ सय ९९, डिजेल तथा मट्टीतेलको मूल्य १ सय ९२ पुगेको छ ।

प्रकाशित : असार ७, २०७९ २०:११
प्रतिक्रिया
पठाउनुहोस्

यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका दुई शिक्षक थुनामा

कान्तिपुर संवाददाता

काठमाडौँ — यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका सेन्ट लरेन्स कलेजका दुई शिक्षक पुर्पक्षका लागि कारागार चलान भएका छन् । 

जिल्ला अदालत काठमाडौंले मंगलबार कलेजका को–अर्डिनेटर काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका–१ घर भई कागेश्वरी मनोहरा नगरपालिका–८ बस्ने ४७ जनार्दन अधिकारी र शिक्षक कागेश्वरी मनोहरा–७ का ५१ वर्षीय राजनकुमार पौडेललाई पुर्पक्षमा थुनामा राख्न आदेश दिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ । गत जेठ १० गते काठमाडौं महानगर–७ चाबहिलस्थित सेन्ट लरेन्स कलेजको कोर्ष को–अर्डिनेटर अधिकारी र शिक्षक पौडेल विद्यार्थीहरुमाथि यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका थिए ।

सेन्ट लरेन्स कलेजमा अध्ययनरत विद्यार्थीका अभिभावकले नाबालिका छोरीहरुलाई यौन दुर्व्यवहार गरेको भन्दै प्रहरी वृत्त गौशालामा जाहेरी दिएका थिए । कोर्ष को–अर्डिनेटर अधिकारी र शिक्षक पौडेलउपर मुलुकीअपराध (संहिता) ऐन, २०७४ को परिच्छेद–१८ को दफा २२५ को बाल यौनदुरुपयोग गर्न नहुनेसम्बन्धी कसूर मुद्दामा अदालतबाट पुर्पक्षका लागि डिल्लीबजार कारागार पठाउने आदेश दिएको हो ।


प्रकाशित : असार ७, २०७९ २०:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×