कछुवाका बच्चासहित दुई पक्राउ

काठमाडौँ — काठमाडौँ महानगरपालिका–३२ कोटेश्वरबाट १० वटा कछुवासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका–१ घर भएका २५ वर्षीय राज देउला र २० वर्षीय राहुल देउला रहेका छन् ।

कोटेश्वरस्थित एक क्याफे हाउसमा शंकास्पद रुपमा बसिरहेका उनीहरूलाई प्रहरीले जाँच गर्ने क्रममा झोलामा राखेको अवस्थामा उक्त कछुवा फेला पारी पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
उनीरूले प्रयोग गरेको बा ९९ प ४९४४ नम्बरको मोटरसाइकल र तीन थान मोबाइलसमेत प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
अवैध रुपमा कछुवाको ओसारपसार गर्न लागेको सूचनाको आधारमा प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले ती व्यक्तिहरूलाई पक्राउ गरेको जनाएको छ ।
प्रकाशित : जेष्ठ ३०, २०७९ १५:२८