एक करोड १९ लाख ठगीका अभियुक्त पक्राउ

रासस

काठमाडौँ — करोड बढी ठगी मुद्दाका फरार प्रतिवादी ललितपुर गोदावरी नगरपालिका–४ बस्ने ४८ वर्षीय जीवनकुमार केसीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । 

उपभोक्ता हित संरक्षण नेपालको जाहेरीले एक करोड १९ लाख ८४ हजार रुपैयाँ ठगीसम्बन्धी कसूरमा संलग्न रही फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीलेले नयाँ बजारबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनका लागि आजै काठमाडौं जिल्ला अदालतमा पेश गरिएको कार्यालयले जनाएको छ ।




प्रकाशित : जेष्ठ २०, २०७९ २१:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?