ललितपुरमा पेस्तोलसहित दुई पक्राउ


काठमाडौँ — ललितपुर महानगरपालिका–८ बालकुमारीबाट पेस्तोलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सर्लाही लालबन्दी नगरपालिका १५ का २० वर्षीय सुरेन्द्र थिङ र ३९ वर्षीय वीरबहादुर बम्जन छन् ।


प्रहरी परिसर ललितपुरले उनीहरुको साथबाट ‘मेड इनयूएसए’ लेखिएको अटोमेटिक पेस्तोल १ थान, म्याग्जिङ २ थान र गोली ४ राउन्ड बरामद गरेको एसपी शिद्धिविक्रम शाहले बताए ।