कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

लागूऔषधसहित चार जना पक्राउ

काठमाडौँ — नेपाल प्रहरीले एक हजार २२२ एम्पुल लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ ।

लागूऔषधसहित चार जना पक्राउ

प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका–९ पिंगलास्थानबाट एक हजार २२२ एम्पुल लागूऔषधसहित चार जनालाई सोमबार पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा सप्तरी विहुल गाउँपालिका–३ का २२ वर्षीय मनिषकुमार साह, ३२ वर्षीय भोलाप्रसाद साह, १९ वर्षीय कुमार साह र २४ वर्षीय बालकुमार दास रहेका छन् ।

पक्राउ परेका चारैजनालाई लागूऔषध नियन्त्रण ऐन, २०३३ अन्तर्गत लागूऔषध मुद्दामा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको ब्यूरोका प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

प्रकाशित : जेष्ठ ११, २०७९ १९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?