कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

इन्धनको मूल्यवृद्धि विरोधमा अखिल क्रान्तिकारीको प्रदर्शन

काठमाडौँ — सत्तारुढ नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)ले पेट्रोलियमको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ । 

अखिल (क्रान्तिकारी) उपत्यका विशेष प्रदेश समिति सम्बद्ध विद्यार्थीहरुले सोमबार प्रदर्शनीमार्गस्थति रत्नराज्यलक्ष्मी क्याम्पस अगाडि विरोध प्रदर्शन गरेका हुन् ।

इन्धनको मूल्यवृद्धि विरोधमा अखिल क्रान्तिकारीको प्रदर्शन

प्रदर्शनमा सम्बोधन गर्दै महासचिव दिपेश पुनले जनताको ढाड सेक्ने गरी भएको पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता गर्न माग गरे । उनले सरकारले मूल्यवृद्धि फिर्ता नगरे निर्णायक आन्दोलन गर्ने चेवानी दिए ।

सरकारले आइतबार खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको भाउ बढाएपछि विभिन्न क्षेत्रबाट विरोध सुरु भएको छ ।

नेपाल आयल निगमले ग्यासमा प्रतिसिलिन्डर २ सय, पेट्रोल, डिजेल, मट्टितेलमा १०/१० रुपैयाँ मूल्य वृद्धि गरेको छ । पछिल्लो बढेको मूल्यअनुसार ग्यास सिलिन्डरको १ हजार ८ सय, पेट्रोल १८० र डिजेल, मट्टितेल १६३ रुपैयाँ निर्धारण भएको छ ।

आयल निगमले नोक्सानी बढेको भन्दै इन्धनको मूल्य बढाएको हो । पछिल्लो पटकको मूल्य वृद्धिपछि पनि पाक्षिक (१५ दिनको) नोक्सानी ३ अर्ब ३५ करोड रहने आयल निगमले

जनाएको छ ।

प्रकाशित : जेष्ठ ९, २०७९ २१:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?