२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

काठमाडौं-२८ र २९ मा कांग्रेसको प्यानलै विजयी

काठमाडौँ — काठमाडौं महानगरपालिका–२८ र २९ मा नेपाली कांग्रेसको प्यानलै निर्वाचित भएको छ । वडा नं. २८ को अध्यक्षमा भाइराम खड्गी प्रकाश र वडा नं. २९ मा कुश ढकाल निर्वाचित भएका छन् ।

काठमाडौं-२८ र २९ मा कांग्रेसको प्यानलै विजयी

खड्गीले एक हजार २८२ मत प्राप्त गर्दा उनका निकटतम प्रत्यासी नेकपा एमालेका बिपेन्द्र खड्गीले एक हजार ७३ मत पाए । यहाँ वडा सदस्य पदमा अरुण तण्डुकार, बिरेन्द्र महर्जन, नीनाकुमारी खड्गी र ललिता कार्की ढोली निर्वाचित भए ।

त्यस्तै, वडा नं. २९ को अध्यक्षमा निर्वाचित ढकालले नेकपा एमालेका उम्मेदवार शिवराम राजवंशीलाई पराजित गरेका छन् । यहाँ महिला सदस्यमा रेनु श्रेष्ठ, दलित महिला सदस्यमा संगिता पुजारी, खुला सदस्यमा सन्तोष ढुंगेल र अनिल श्रेष्ठ विजयी भएका छन् ।


प्रकाशित : जेष्ठ ६, २०७९ १८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?