भक्तपुरका १९ वडाको परिणाम : नेमकिपा १०, कांग्रेस ६ र एमाले ३ वडामा विजयी

भक्तपुर — भक्तपुरका १९ वडाको अन्तिम परिणाम आएको छ ।  अहिलेसम्मको परिणामअनुसार नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले भक्तपुर नगरपालिकाको मेयर/उपमेयरसहित १० वटै वडामा जितेको छ । नेपाली कांग्रेसले ६ र नेकपा एमालेले ३ वटा वडामा जितेको छ । 

भक्तपुरका १९ वडाको परिणाम : नेमकिपा १०, कांग्रेस ६ र एमाले ३ वडामा विजयी

कांग्रेसले मध्यपुरथिमि नगरपालिकाको वडा नम्बर १, २ र ३ मा जितेको छ भने नेकपा एमालेले वडा नम्बर ४ मा जितेको छ ।

सुर्यविनायक नगरपालिका-१ मा एमाले र २ मा कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

त्यस्तै, चाँगुनारायण नगरपालिका- १ र २ मा कांग्रेस र ३ मा पुन: एमालेका उम्मेदवार विजयी भएका छन् ।





प्रकाशित : जेष्ठ २, २०७९ १३:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?