१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

सुनौलो रंगको कछुवासहित एक जना पक्राउ

काठमाडौँ — सुनौलो रंगको कछुवासहित प्रहरीले चाबहिलस्थित एक होटलबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कीर्तिपुर घरभई शंखरापुर साँखु बस्ने २३ वर्षीय आशिष थापा घर्ती छन् ।

सुनौलो रंगको कछुवासहित एक जना पक्राउ

चाबहिल क्षेत्रमा दुर्लभ वन्यजन्तु खैरो रंगको कछुवाको २० लाख रुपैयाँमा अवैध कारोबार हुँदैछ भन्ने सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

काठमाडौं चाबहिलस्थित खोटाङ हलेसी गेस्ट हाउसको चौथो तलाबाट घर्तीलाई सुनौलो रंगको कछुवासहित पक्राउ गरी बिहीबार जिल्ला वन कार्यालय हात्तिसार पठाएको कार्यालयका प्रवक्ता एसपी कृष्णप्रसाद कोइरालाले बताए ।

प्रकाशित : वैशाख २२, २०७९ १९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?