१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

हत्या गरी फरार अभियुक्त ३ वर्षपछि पक्राउ

काठमाडौँ — कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगका फरार अभियुक्तलाई प्रहरीले तीन वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुली कमलामाई नगरपालिका–१० घर भई काठमाडौं चन्द्रागिरी नगरपालिका नैकाप बस्ने २५ वर्षीय मुण्डा भन्ने सरोज सुन्दास छन् । 

हत्या गरी फरार अभियुक्त ३ वर्षपछि पक्राउ

२०७५ मंसिर ८ गते दिउँसो काठमाडौं महानगरपालिका–३२ तीनकुने गैरीगाउँस्थित पेट्रोल पम्पनजिक महेश परियार, मनिष बानियाँ र सरोज सुन्दाससमेतले धारिलो हतियार चक्कु प्रहार गरी बिक्की थेबे लिम्बूको हत्या गरेको थियो भने, अनिल श्रेष्ठलाई गम्भीर घाइते बनाएको थियो । उक्त घटनामा संलग्न रही फरार रहेका सुन्दासलाई बुधबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

सोही घटनामा संलग्न महेश परियार र मनिष बानियाँलाई घटना भएकै दिन काठमाडौं तारकेश्वर नगरपालिका–१ साङ्ला बिहानीचोकबाट पक्राउ गरी जिल्ला अदालत काठमाडौंको फैसलाले जन्म कैद सजाय भई हाल केन्द्रीय कारागारमा जेल सजाय भुक्तान गरिरहेका छन् ।

सुन्दासलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत काठमाडौं पठाइएको कार्यालयका प्रवक्ता एसपी कृष्णप्रसाद कोइरालाले बताए ।

प्रकाशित : वैशाख २२, २०७९ १९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?