कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हनुमन्ते खोलामा निर्माणाधीन पुल भासियो [तस्बिरहरू]

भक्तपुर — हनुमन्ते खोलामा निर्माणाधीन पक्की पुल भासिएको छ । केहीदिनदेखिको वर्षासँगै आएको बाढीले उक्त पुल भासिएको हो । मध्ययपुर थिमि–४ र सूर्यविनायक–५ जोड्ने शंखरचोकबाट दक्षिणतर्फको हनुमन्ते खोलामा निर्माण भइरहेको पुलको मध्यभागमा लच्किएको छ  ।

हनुमन्ते खोलामा निर्माणाधीन पुल भासियो [तस्बिरहरू]

यो पुललाई गत वर्षको बाढीले क्षति पुर्‍याएको स्थानीयले बताएका छन् । ठेकेदारको लापरबाही र ढिलासुस्तीले पुलमा जहिल्यै समस्या आउने गरेको उनीहरु बताउँछन् । यो क्षेत्रमा वर्षा र प्रि–मनसुनका बेला बाढीले स्थानीयलाई हैरान पार्ने गरेको छ ।

प्रकाशित : वैशाख २२, २०७९ १२:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?