कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

दुई सय कुष्ठरोगीलाई न्यानो कपडा

काठमाडौँ — नेपाल पर्वतारोहण संघले खोकना आरोग्य आश्रम काठमाडौंमा रहेका २ सय जना कुष्ठरोगीलाई जाडोका लागि लत्ताकपडा तथा स्वास्थ्य सामग्री वितरण गरेको छ ।

दुई सय कुष्ठरोगीलाई न्यानो कपडा

जापानको निप्पोन फाउन्डेसनसँगको सहकार्यमा बिहीबार ती सामग्री उपलब्ध गराएको संघका अध्यक्ष सन्तवीर लामाले बताए । ‘हाम्रो सहयोगले आश्रममा रहेकाहरूलाई जाडो मौसममा केही राहत पुग्ने विश्वास लिएको छु’ आश्रममा आयोजित कार्यक्रममा लामाले भने ।

कार्यक्रममा अध्यक्ष लामासहित दक्षिणकाली नगरपालिका २ का अध्यक्ष रामचन्द्र क्षत्री, नेपाल कुष्ठरोग निवारण संघका प्रशासकीय अधिकृत जीतबहादुर हमाललगायतले ब्ल्यांकेट, ज्याकेट, स्यानिटाइजर, साबुन र मास्क हस्तान्तरण गरे । निप्पोन फाउन्डेसनका वरिष्ठ निर्देशक सेको मासातोले भने, ‘हामीले यस क्षेत्रमा लामो समयदेखि कायम गरिरहेका छौं । उनीहरू (कुष्ठरोगी) को दैनिक जीवनको लागि सानो सहयोग पनि महत्वपूर्ण छ । यस्तो सहयोग सबैको लागि महत्वपूर्ण हुन्छ ।’

आश्रममा देशका विभिन्न ठाउँका २ सय जना कुष्ठरोगी छन् । आश्रममा रहेका उमाप्रसाद तिवारीले भने, ‘हामीलाई पर्वातारोहण संघ र निप्पोन फाउन्डेसनले पहिलादेखि नै सहयोग गर्दै आएको छ । यो जाडोमा न्यानो कपडा आइपुगेको छ । हामीले धन्यवाद भन्नेबाहेक अरु केही फर्काउन सक्दैनौं ।’संघले अर्को महिना महामारी पीडित ३ हजार पर्वतारोहीलाई राहतस्वरुप खाद्यान्न बाँड्ने जनाएको छ ।

प्रकाशित : माघ १३, २०७८ २०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?