१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

पुरानो बसपार्कमा अपांगतामैत्री स्टेसन

रासस

काठमाडौँ — काठमाडौंको पुरानो बसपार्कमा फरक क्षमता भएका व्यक्तिहरूलाई सार्वजनिक सवारी साधनमा चढ्ने र ओर्लने सुविधा प्रदान गरिने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सोमबारदेखि फरक क्षमता भएका व्यक्तिलाई सार्वजनिक सवारीमा सहज पहुँच र सुविधाका लागि चढ्ने र ओराल्ने ठाउँको व्यवस्था गरेको जनाएको छ ।

पुरानो बसपार्कमा अपांगतामैत्री स्टेसन

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले फरक क्षमता भएका व्यक्तिलाई सार्वजनिक सवारी साधन चढ्नका लागि लामो बाटो हिँड्नुपर्ने समस्या भएकाले पुरानो बसपार्कबाट बस चढ्ने व्यवस्था मिलाइएको जानकारी दिए ।

महाशाखाले पुरानो बसपार्कमा ‘फरक क्षमता भएका व्यक्तिलाई मात्र चढाउने र ओराल्ने ठाउँ’ लेखिएको बोर्ड पनि राखेको छ । फरक क्षमता भएकाहरूको जीवन सहज बनाउन अझै यस्ता सवारी र अपांगतामैत्री व्यवस्था थप्दै जाने महाशाखा प्रमुख जोशीको भनाइ छ ।

महाशाखाले सार्वजनिक सवारी साधनका चालक, सहचालक तथा यात्रुलाई तोकिएको स्थानबाट मात्रै ‘पिक एण्ड ड्रप’ गर्न पनि अनुरोध गरेको छ ।

प्रकाशित : माघ १०, २०७८ १९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?