कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

जात्रा, नाच संरक्षणका लागि ललितपुर महानगरमा अक्षयकोष

ललितपुर — जिल्लामा मनाइने ऐतिहासिक सास्ंकृतिक महत्वका जात्रा, नाचहरुको संरक्षणका लागि अध्यक्षकोष स्थापना गर्न ललितपुर महानगरले १ करोड २५ लाख रुपैयाँ सहयोग गरेको छ ।

महानगरले शनिबार कात्तिक नाचको अध्यक्षकोषका लागि ५० लाख रुपैयाँ हस्तान्तरण गरेको छ । कात्तिक नाच अध्यक्षकोषकै लागि महानगरले गत आर्थिक वर्ष ०७७/७८ मा पनि ५० लाख रुपैयाँ सहयोग गरेको थियो ।

त्यसैगरी, ललितपुर महानगरले हरिसिद्धि भवानीदेवी नाच, खोकनामा देखाइने रुद्रायणी नाच, खड्ग जात्राको अक्षयकोषका लागि चालु आर्थिक वर्ष ०७८/७९ मा २५/२५ लाख रुपैयाँ विनियोजन गरेको जनाएको छ । आर्थिक अभावमा अमूर्त सम्पदाको अस्तित्व संकटमा नपरोस् भन्दै महानगरले अक्षयकोष स्थापनाका लागि सहयोग गरेको महानगर प्रमुख चिरीबाबु महर्जनले बताए ।

कात्तिक नाच संरक्षण अक्षयकोष बढाएर १० करोड पुर्‍याउने लक्ष्य रहेको समितिका अध्यक्ष किरण चित्रकारले बताए । कात्तिक नाच अध्यक्षकोषका लागि ललितपुर महानगर–१६ ले १० लाख रुपैयाँ सहयोग गरेको जनाएको छ ।

प्रकाशित : माघ ८, २०७८ १९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?