कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पेट्रोलियम पदार्थको मूल्य वृद्धि खारेज गर्न माग गर्दै नेविसंघको विरोध प्रदर्शन

रासस

काठमाडौँ — नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)ले पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि खारेज गर्न माग गर्दै विरोध प्रदर्शन गरेको छ ।

नेविसंघले शुक्रबार काठमाडौँको कोटेश्वर, मीनभवन, माइतीघर मण्डलालगायतका क्षेत्रमा पेट्रोलियम पदार्थसहितका दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धिको खारेज गर्न माग गर्दै प्रदर्शन गरेको हो ।

मूल्य वृद्धिसँगै विद्यार्थी मारमा परेको भन्दै मूल्य वृद्धिको विरोधमा नेविसंघले हस्ताक्षरसमेत संकलन गरेको छ । कोरोना संकटमा सरकारले दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि गरेर विद्यार्थीलाई मारमा पारेको भन्दै सरकारलाई बुझाउनका लागि हस्ताक्षर सङ्कलन गरेको नेविसंघ प्राविधिक विद्यार्थी परिषद्का अध्यक्ष आदर्श मल्लले बताए ।

विद्यार्थीले मूल्यवृद्धि खारेज गर्ने नेविसंघको अभियानमा साथ दिन आह्वान गर्दै ‘मूल्य वृद्धि खारेज गर’ लेखिएको मास्कसमेत सर्वसाधारणलाई वितरण गरेका थिए ।

नेपाल आयल निगमले गत बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ, डिजेल तथा मट्टितेलमा पनि तीन रुपैयाँ मूल्य बढाएको छ । यसले अन्य दैनिक उपभोग्य वस्तुहरुको मूल्यवृद्धि भएको भन्दै त्यसको विरोधमा विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका हुन् ।

प्रकाशित : माघ ७, २०७८ २२:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?