अप्रेसन हनी : गुणतस्तरहीन मह उत्पादन गर्ने पक्राउ

काठमाडौँ — महानगरीय अपराध महाशाखाको टोलीले गुणस्तरहीन मह उत्पादन गर्ने एक जनालाई पक्राउ गरेको छ । उपत्यकाका विभिन्न स्थानमा गुणस्तरहीन महको उत्पादन एवं बिक्री भइरहेको भन्ने गोप्य सूचनाको आधारमा महाशाखाको विशेष टोलीले काठमाडौं–२७ ज्याठाबाट बिहीबार नतिजा प्याकेजिङका सञ्चालक ३८ वर्षीय नरबहादुर श्रेष्ठलाई पक्राउ गरेको हो ।

अप्रेसन हनी : गुणतस्तरहीन मह उत्पादन गर्ने पक्राउ

प्रहरीले मिसावट गरी गुणस्तरहीन मह बनाइरहेको अवस्थामा मह बनाउनको लागि प्रयोग गरिने विभिन्न सामाग्री, मेसिन र गुणस्तरहिन ७ हजार ६ सय केजी तयारी तथा कच्चा महसमेत बरामद गरेको छ ।


श्रेष्ठले गुणस्तरहीन मह बनाउनको लागि ३०% ग्लुकोज, ३०% चिनी र बाँकी ४०% मह बनाउन प्रयोग हुने कच्चा पदार्थ मिसावट गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । उनले स्पर्स हनी नामको लेबल टाँसेर मह प्रति के.जी. ६५० रुपैयाँमा बेच्दै आएका थिए । मह काठमाडौं , भक्तपुर र पोखराका होटेल, रेष्टुरेण्टहरुमा थोक तथा खुद्रा बिक्री वितरण गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानपछि श्रेष्ठलाई थप अनुसन्धान तथा कारबाहीको लागि शुक्रबार महानगरीय प्रहरी परिसर, टेकु पठाइएको छ ।

प्रकाशित : माघ ७, २०७८ १३:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?