शनिबारदेखि काठमाडौं उपत्यकाका सबै संग्रहालय बन्द गरिने- उपत्यका - कान्तिपुर समाचार

शनिबारदेखि काठमाडौं उपत्यकाका सबै संग्रहालय बन्द गरिने

रासस

काठमाडौँ — कोरोना भाइरसको संक्रमण तीव्र बन्दै गएपछि शनिबारदेखि काठमाडौंका सबै संग्रहालय बन्द गरिने भएको छ । उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बिहीबार सम्पन्न बैठकले शुक्रबार राति १२ बजेदेखि राजधानीका सबै संग्रहालय बन्द गर्ने निर्णय गरेको थियो ।

शुक्रबारसम्म स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर चलिरहेका संग्रहालय शनिबारदेखि बन्द गर्ने गरी तयारी गरिएको हनुमानढोका दरबार संग्रहालयका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए ।

काठमाडौंमा हनुमानढोका दरबार संग्रहालयका साथै मुख्यरुपमा राष्ट्रिय संग्रहाहालय, मुद्रा संग्रहालय, नारायणहिटी दरबार संग्रहालय, भक्तपुर र पाटन दरबार संग्रहालयलगायत संग्रहालय छन् । कोरोना बढ्दै गएपछि सरकारले भीडभाड हुने सबै कार्यालय बन्द गर्ने क्रममा शनिबारदेखि संग्रहालय पनि बन्द गर्न लागेको हो । अर्को सूचना जारी नभएसम्म संग्रहालय बन्द गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : माघ ७, २०७८ ११:४७
प्रतिक्रिया
पठाउनुहोस्

उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक बस्दै

कान्तिपुर संवाददाता

काठमाडौँ — सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार अपराह्न ४ बजे समितिको बैठक बस्न लागेको हो । आगामी निर्वाचनका विषयमा छलफल गर्न बैठक बस्न लागेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

तस्बिर : रासस

अहिले स्थानीय चुनाव र संघीय संसदको चुनावका विषयमा बहस भइरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा वैशाखमै स्थानीय तहको चुनाव गर्नुपर्ने पक्षमा छन् । तर, सत्तारुढ गठबन्धनमा रहेको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल पहिले संसदीय चुनाव गर्नुपर्ने पक्षमा छन् ।

यसबारे बिहीबार साँझ प्रधानमन्त्री देउवा, माओवादी अध्यक्ष दाहाल र एकीकृत समाजवादी अध्यक्ष नेपालबीच भेटवार्ता भएको थियो । तीनै नेताको सहमति पछि शुक्रबार अपराह्न उच्चस्तरीय समन्वय समितिको बैठक बोलाइएको जनाइएको छ ।

समितिको बैठकमा चुनावको मिति र कोरोना भाइरसको संक्रमण रोकथामका विषयमा छलफल हुने जनाइएको छ।

प्रकाशित : माघ ७, २०७८ ११:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×