३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

मास्क नलगाउनेलाई काठमाडौं जिल्ला प्रशासनको कारबाही

काठमाडौँ — मास्क नलगाई सार्वजनिक स्थानमा हिँड्डुल गर्नेहरूलाई काठमाडौं जिल्ला प्रशासनले कारबाही गरेको छ । बुधबार जिल्ला प्रशासनले काठमाडौंको सुन्धारा र कलंकी क्षेत्रमा सार्वजनिक स्थानमा हिँड्डुल गर्ने र पसलमा किनमेलका लागि मास्क नलगाई आएका नागरिकहरूलाई जनही एक सय रुपैयाँका दरले जरिवाना गरेको हो ।

मास्क नलगाउनेलाई काठमाडौं जिल्ला प्रशासनको कारबाही

यस्तै प्रशासनले स्वास्थ्य मापदण्ड पालना गरेको वा नगरेको बारे काठमाडौंको सुन्धारास्थित सिटिसी मल र सिभिल मल तथा कलंकीको भाटभटेनी सुपरमार्केटको अनुगमन गरेको छ ।

अनुगमनपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी अनुप केसीले सार्वजनिक क्षेत्रमा हिँड्डुल गर्ने आम सर्वसाधारणहरूलाई पनि सरकारले जारी गरेको कोरोना सम्बन्धी स्वास्थ्य मापदण्डबारे सचेत गराइएको बताए ।

मल र सुपरमार्केटलाई सरकारले जारी गरेको निर्देशिका अनुसार २५ जनाभन्दा बढी भेला हुन नपाइने विषयमा सचेत गराएको उनको भनाइ थियो । यस्तै स्वास्थ्यका मापदण्ड पालना नगर्ने आम सर्वसाधारणहरूलाई १०० रुपैयाँ जरिवाना तिराइएको बताए ।

सहायक प्रमुख जिल्ला अधिकारी केसीले भने, ‘आज जिल्ला प्रशासन कार्यालयबाट नेपालभर फैलिएको कोभिड १९ को सन्दर्भमा नेपाल सरकारले जारी गरेका निर्देशिका, गृह मन्त्रायले जारी गरेका निर्देशिका बमोजिम विभिन्न मल, अन्य बजार एरियाका पसलहरूमा जिल्ला प्रशासन कार्यालयबाट अनुगमन गरियो । विशेषतः सुन्धारा क्षेत्रमा रहेका सिभिल मल, सिटिसी मल लगायत क्षेत्रमा सर्वसाधारणहरुले पनि मास्क लाए/नलाएको अवस्थाबारे अनुगमन गरियो ।' यस्तै स्वास्थ्य मापदण्डका विषयमा सर्वसाधारणहरूलाई सचेत गराएको पनि उनले बताए ।

प्रकाशित : माघ ५, २०७८ १८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?