जिल्ला प्रशासन कार्यालय ललितपुरमा अत्यावश्यक बाहेकका सेवा बन्द- उपत्यका - कान्तिपुर समाचार

जिल्ला प्रशासन कार्यालय ललितपुरमा अत्यावश्यक बाहेकका सेवा बन्द

रासस

ललितपुर — जिल्ला प्रशासन कार्यालय ललितपुरले बिहीबारदेखि अत्यावश्यक बाहेकका सेवाहरु बन्द गर्ने निर्णय गरेको छ ।

कोरोना भाइरस संक्रमण बढ्दै गएको र कार्यालयका कर्मचारीहरु पनि संक्रमित भई उपचारार्थ रहेको भन्दै जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सेवाहरु अर्को सूचना जारी नभएसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायद्वारा हस्ताक्षरित सूचनामा सेवा प्रदायकका रुपमा कार्यरत कर्मचारी तथा सेवाग्राहीबीचको नियमित र प्रत्यक्ष सम्पर्क हुने कामहरु नागरिकता तथा सोको प्रतिलिपि, संघसंस्था एवं नाबालकका साथै राष्ट्रिय परिचयपत्र र राहदानीसम्बन्धी फाँटतर्फको सेवा हाललाई स्थगित गरिएको उल्लेख छ ।

शान्तिसुरक्षा र मुद्दासम्बन्धी अत्यावश्यक सेवा भने नियमित नै रहने उनीद्वारा जारी सूचनामा भनिएको छ ।

प्रकाशित : माघ ५, २०७८ १७:०३
प्रतिक्रिया
पठाउनुहोस्

प्रदेश १ मा एकैदिन ८ सय ९१ संक्रमित थपिए

कान्तिपुर संवाददाता

विराटनगर — प्रदेश १ मा बुधबार एकै दिन ८ सय ९१ जना संक्रमित थपिएका छन् । यो मंगलबारको भन्दा १ सय ८० ले कम हो । मंगलबार प्रदेशमा १ हजार ७१ जनामा संक्रमण पुष्टि भएको थियो ।

सामाजिक विकास मन्त्रालयको कोभिड–१९ दैनिक प्रतिवेदन अनुसार मोरङ र सुनसरीमा १/१ जना पुरुषको मृत्यु भएको छ । मंगलबार प्रदेशमा २ महिला र १ पुरुषको मृत्यु भएको थियो ।

यस्तै पछिल्लो २४ घण्टामा २३ जना संक्रमणमुक्त भएका छन् । प्रदेशका विभिन्न अस्पतालका जेनरल बेडमा ३ जना, आईसीयूमा २६, भेन्टिलेटरमा ७ र एचडीयूमा ३१ गरी ६७ जनाको उपचार भइरहेको छ ।

साथै होम आइसोलेसनमा ३ हजार ६ सय ५९ संक्रमित रहेको मन्त्रालयले जनाएको छ । प्रतिवेदन अनुसार १ हजार १ सय १२ को पीसीआर परीक्षण गरिँदा ६ सय ७७ (६०.८८) प्रतिशत र ५ सय ६३ को एन्टिजेन जाँच हुँदा २ सय १४ (३८.०१ प्रतिशत) संक्रमित देखिएका छन् । मंगलबारको तुलनामा दुवैमा संक्रमण दर बढी हो ।

मंगलबार १ हजार ५ सय ५७ को पीसीआर गरिँदा ९ सय २१ (५९.१५ प्रतिशत) र ५ सय ७ को एन्टिजेन जाँच हुँदा १ सय ५० ( २९.५९ प्रतिशत) संक्रमित देखिएका थिए ।

पीसीआर परीक्षणमा विराटनगरका २ सय ४० सहित मोरङका २ सय ६८, धरानका १ सय ७६ सहित सुनसरीका २ सय ८०, बिर्तामोडका १७ सहित झापाका ६८, धनकुटाका १५, भोजपुर, पाँचथर र ताप्लेजुङका १/१ जना, उदयपुर, संखुवासभा र इलामका २/२ जना र प्रदेश बाहिरका जिल्लाका ३७ संक्रमित देखिएका छन् ।

एन्टिजेन परीक्षणबाट संक्रमित देखिएका २ सय १४ मध्ये ९५ जना मोरङका, ४९ जना झापाका, १५ जना सुनसरीका, २४ इलामका, १२ तेह्रथुमका, ९ खोटाङका, ५ ओखलढुंगाका, भोजपुर र सोलुखुम्बुका २/२ र संखुवासभाका १ जना छन् । १ हजार ९ सय ६५ पुरुषसहित प्रदेशमा सक्रिय संक्रमितको संख्या ३ हजार ७ सय १९ पुगेको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित : माघ ५, २०७८ १६:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×