२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

काठमाडौं उपत्यकाका धार्मिकस्थल दर्शन र पूजाआजामा रोक

काठमाडौँ — कोरोना संक्रमण बढ्दै गएपछि उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले उपत्यकाका धार्मिकस्थलमा हुने नित्य पूजा र प्रार्थनाबाहेकका सबै पूजामा रोक लागएका छन् ।

काठमाडौं उपत्यकाका धार्मिकस्थल दर्शन र पूजाआजामा रोक

कोरोना संक्रमणको बढ्दो जोखिमलाई मध्यनजर गर्दै मन्दिर दर्शन र पूजाआजामा मंगलबारदेखि अस्थायी रोक लगाइएको ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बताए । यो रोक माघ मसान्तसम्म लागू हुनेछ ।

यस्तै यसअघि सबै प्रकारका भेला, सभा, सम्मेलनमा लगाइएको प्रतिबन्ध माघ मसान्तसम्म जारी रहनेछ ।

प्रकाशित : माघ ४, २०७८ १३:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?