५३ किलो अवैध गाँजासहित ३ जना पक्राउ 

भक्तपुर — भक्तपुर प्रहरीले अवैध गाँजासहित ३ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार बिहीबार चेकजाँचका क्रममा ५६ ग्राम गाँजासहित भक्तपुर नगरपालिका–७ खसीबजारस्थित शंकास्पद अवस्थामा भेलुखेलका ३७ वर्षीय लक्ष्मीनारायण देउला पक्राउ परे ।

देउलालाई पक्राउ गरी अनुसन्धानको क्रममा प्रहरीले शुक्रबार करिब ५३ किलो अवैध गाँजासहित दुई जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी राजु पाण्डेले बताए ।

यस्तै प्रहरीले सूर्यविनायक नगरपालिका–८ की ५८ वर्षीया प्रिती तामाङलाई ४८ किलो ४५० ग्राम गाँजा र ५२ वर्षीय खड्ग बहादुर तामाङलाई ४ किलो ५२६ ग्राम गाँजा सहित पक्राउ गरेको जनाएको छ ।

प्रकाशित : पुस ३०, २०७८ २१:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?