पाटन अस्पतालमा अक्सिजन प्लान्ट

रासस

काठमाडौँ — पाटन अस्पतालमा शुक्रबारदेखि मेडिकल अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ । ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जन तथा अस्पतालका निर्देशक डा रवि शाक्यले आज संयुक्त रुपमा सो सेवाको उद्घाटन गरे ।

पाटन अस्पतालमा अक्सिजन प्लान्ट

महानगपालिकाका प्रमुख महर्जनले अस्पतालले बिरामीप्रति गरेको सद्भाव देखेर महानगरपालिकाले पनि आवश्यक सहयोग गर्नुपर्छ भनेर प्लान्ट खरिदमा सहयोग गरेको बताए ।

डा शाक्यले मुलुकमा दोस्रो लहरको कोरोना भित्रिदा आफूहरुले अक्सिजन अभावमा पाएको दुःख स्मरण गर्दै सो प्लान्टले उपचारमा सहयोग गर्ने बताए । प्रतिष्ठानका उपकुलपति डा राजेशनाथ गोगलले कोभिडको दोस्रो लहर रहँदा आफूहरुको सामर्थ्यले भ्याएसम्म बिरामीको सेवा गरेको बताए ।

कार्यक्रममा गत माघ महिनामा महानगरपालिकाकाले सो प्लान्ट खरिदका लागि अस्पताललाई रु एक करोड बराबरको चेक हस्तान्तरण गरेको जानकारी गराइएको थियो ।

अक्सिजन प्लान्टको क्षमता दैनिक २२० प्रतिसिलिण्डर उत्पादन गर्न सक्ने जानकारी दिइयो ।

प्रकाशित : पुस ३०, २०७८ २१:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?