१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

प्राधिकरणका सुपरभाइजर घूससहित अख्तियारको नियन्त्रणमा

कान्तिपुर संवाददाता

ललितपुर — नेपाल विद्युत् प्राधिकरणको पाटन सबस्टेसन ललितपुरमा कार्यरत सबस्टेसन प्रमुख (सुपरभाइजर) सोमप्रसाद पहाडी घूससहित पक्राउ परेका छन् । 

प्राधिकरणका सुपरभाइजर घूससहित अख्तियारको नियन्त्रणमा

प्राधिकरणले गाडेको बिजुली पोल सार्नका लागि सेवाग्राहीसँग १ लाख ४० हजार रुपैयाँ घूस लिएका पहाडीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार कार्यालय परिसरबाटै नियन्त्रणमा लिएको हो । पहाडी काठमाडौं ग्रिड महाशाखाअन्तर्गत पर्ने उक्त सबस्टेसनमा कार्यरत पहाडी पाँचौं तहका कर्मचारी हुन् ।

प्रकाशित : पुस २९, २०७८ १९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्करी मौलाइरहेको छ। यसको कारण के होला ?