१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

लागूऔषधसहित भारतीय नागरिक पक्राउ

रासस

काठमाडौँ — नेपाल प्रहरीले काठमाडौंको नागढुङ्गाबाट लागूऔषधसहित एकजनालाई पक्राउ गरेको छ ।

वीरगञ्जबाट काठमाडौं आउँदै गरेको प्रदेश २–००३–००१ ख ३६२२ नम्बरको यात्रुबाहक बस चेकजाँचका क्रममा लागूऔषधसहित भारत विहारका २० वर्षीय प्रेमकुमार महतोलाई सोमबार महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले पक्राउ परेका महतोले झोलामा लागूऔषध लिएर काठमाडौंभित्र प्रवेश गर्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको जानकारी दिए ।

प्रहरीले महतोसँग २०० एम्पुल नुर्फिन, २०० एम्पुल फेनार्गन र २०० एम्पुल डाइजेपाम बरामद गरेको हो । पक्राउ परेका महतोलाई लागूऔषध नियन्त्रण ऐन–२०३३ बमोजिम महानगरीय प्रहरी वृत्त थानकोटबाट अनुसन्धान भइरहेको उनले बताए ।

प्रकाशित : पुस २७, २०७८ २१:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?