ललितपुरमा विद्यार्थीहरूलाई फाइजर खोप

ललितपुर — ललितपुर महानगरपालिकाले १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई मंगलबारदेखि कोरोना विरुद्धको फाइजर खोप लगाउन सुरू गरेको छ । महानगरभित्रका निजी र सामुदायिक विद्यालयमा अध्ययन गर्ने करिब ४४ हजार विद्यार्थीलाई समेट्ने गरी मंगलबारदेखि खोप अभियान सुरु भएको हो ।

ललितपुरमा विद्यार्थीहरूलाई फाइजर खोप

खोप कार्यक्रम माघ २ गतेसम्म सञ्चालन हुने बताइएको छ । मंगलबार वडा नं. १ देखि ४ सम्मका विद्यालयहरूमा खोप लगाइएको छ । बुधबार ५ देखि ८ नम्बर वडाका विद्यालयहरूमा खोप कार्यक्रम रहेको छ ।

यस्तै, वडा नं. ९ देखि १४ र १५ वडाका केही विद्यालयमा बिहीबार खोप लगाइने महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले जानकारी दिए ।

शुक्रबार वडा नं १५ का बाँकी विद्यालय र वडा नं १६ देखि २१ सम्मका विद्यालयमा साथै माघ २ गते आइतबार वडा नं २२ देखि २९ सम्मका विद्यालयमा कोरोना विरुद्धको फाइजर खोप लगाउने व्यवस्था मिलाएको महानगरले जनाएको छ । उपप्रमुख गीता सत्यालका अनुसार खोप कार्यक्रमले करिब ४४ हजार विद्यार्थीलाई समेट्नेछ ।

प्रकाशित : पुस २७, २०७८ २०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?