२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

३ करोड ४ लाख ठगी आरोपमा पक्राउ

काठमाडौँ — प्रहरीले ३ करोड ४ लाख रुपैयाँ ठगीको आरोपमा लमजुङ बेंसीसहर नगरपालिका–६ घर भई काठमाडौं टोखा नगरपालिका–३ बस्ने ४१ वर्षीय सन्दिपकुमार गुरुङलाई पक्राउ गरेको छ ।

गुरुङले विभिन्न व्यक्तिहरुलाई आफूलाई भूपु ब्रिटिस आर्मीको परिचय दिई महाराजगञ्जस्थित चप्पल कारखानास्थित ‘पुन एकेडेमी अफ हेयर एण्ड ब्युटी’को व्यवसायी तथा जग्गा प्लानिङका लागि रकम आवश्यकता भएको भन्दै रकम मागेर ठगी गरेको प्रहरीले जनाएको छ ।

विभिन्न व्यक्तिसँग रकम लिई निजहरुलाई खातामा रकम नरहेको विभिन्न बैंकहरुका ३ करोड ४ लाख रुपैयाँ रकमको चेक दिएर ठगी गरेको जाहेरीको आधारमा टोखाबाट गुरुङलाई पक्राउ गरेको काठमाडौं प्रहरी प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए ।

गुरुङलाई उच्च अदालत पाटन ललितपुरबाट ७ दिनको म्याद लिई अनुसन्धान सुरु भएको समेत उनले बताए ।

प्रकाशित : मंसिर २२, २०७८ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?