१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

भक्तपुरमा एक युवकको हत्या

भक्तपुर — सूर्यविनायक नगरपालिका–३ बालकोट सागबारीस्थित स्थानीय ३३ वर्षीय राजु श्रेष्ठको बीभत्स हत्या भएको छ ।

मंगलबार राति निर्माणाधीन हनुमन्ते करिडोर किनाराको टहरा नजिक श्रेष्ठको टाउको क्षतविक्षत हुनेगरी धारिलो हतियार प्रहार गरी हत्या भएको छ ।

महानगरीय प्रहरी वृत्त थिमि प्रमुख डीएसपी नरहरी रेग्मीका अनुसार हनुमन्ते करिडोर किनाराको टहरानजिक होहल्ला भएको र स्थानीय तथा प्रहरी घटनास्थल पुग्दा श्रेष्ठ घाइते अवस्थामा थिए ।

प्रहरीले मध्यपुर अस्पताल नयाँथिमी पुर्‍याउँदा मृत घोषणा गरेको जनाएको छ । घटनाको अनुसन्धान तथा हत्याराको खोजी कार्य सुरु भएको डीएसपी रेग्मीले बताए ।

प्रकाशित : मंसिर २२, २०७८ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?