कान्तिपुरकर्मी मालीसहित चार पुरस्कृत- उपत्यका - कान्तिपुर समाचार

कान्तिपुरकर्मी मालीसहित चार पुरस्कृत

कान्तिपुर संवाददाता

काठमाडौँ — नेवा: पत्रकार राष्ट्रिय दबूले शनिबार चार जना पत्रकारलाई नगदसहित सम्मान गरेको छ । ललितपुरमा आयोजित समारोहमा उदयबहादुर अमात्यलाई ज्ञानज्योति– लक्ष्मीप्रभा, कान्तिपुरका प्रशान्त मालीलाई ज्ञानदेवी–मणि स्मृति, बोधी टेलिभिजनकी विमला शाक्यलाई भिक्षु कुमारकश्यप स्मृति र बाबुराजा ज्यापू फोटो पत्रकारिता पुरस्कार पद्मसागर कक्षपतिलाई प्रदान गरिएको हो ।

कदरपत्रसहित पुरस्कार राशि क्रमश: २०, १५, १२ र १० हजार छ ।

कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले नेपाल भाषाको पत्रकारिताको विकास, सञ्चारमाध्यम समावेशी बनाउन सरकारको तर्फबाट आफ्नो महत्वपूर्ण पहलकदमी रहने बताए ।

पत्रकार दबूका कोषाध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठले पत्रकारहरु बिरामी, दुर्घटना वा अन्य कुनै समस्या उत्पन्न भए आर्थिक सहयोग दिन खडा गरिएको अक्षय कोषमा रकम बढाएर ५० लाख पुर्‍याउने लक्ष्य राखेको बताए ।


प्रकाशित : मंसिर १८, २०७८ १९:२६
प्रतिक्रिया
पठाउनुहोस्

साताका ७ तस्बिर

कान्तिपुर संवाददाता

काठमाडौँ — यो साता हामीलाई उत्कृष्ट लागेका ७ तस्बिरहरु । चितवनको सौरहास्थित राप्ती नदी किनारमा साइबेरियाबाट आएका चखेबा चरा रमाउँदै । तस्बिर: हेमन्त श्रेष्ठ ।

विगत तीन वर्षदेखि आफूले गरेको बचत झिक्न नपाएको भन्दै सिभिल सेभिङ्स एण्ड क्रेडिट को–अपरेटिभ्सका बचतकर्ताहरुले काठमाडौंको माइतीघरमा बिहीबार सहकारीविरुद्ध प्रदर्शन गर्दै । तस्बिर : अंगद ढकाल/कान्तिपुर

मुगु जिल्लाको भी प्रसूति गृहमा स्थानीयहरुलाई सोलार कुकरमा कसरी खाना पकाउने भन्ने सिकाउँदै अनमी । तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना

राजधानीको नयाँ बसपार्क नजिक रहेको खुला चौरमा भलिबल खेल्दै खेलाडीहरु । तस्बिर : कबिन अधिकारी

कुकुर र स्याल धपाउन साईरन बजाउँदै हुम्ला विमानस्थल परिक्रमा गर्दै अल्ट्रालाइट फायर भेहिकल । तस्बिर : हरिहरसिंह राठौर

सर्लाहीको पर्सा गाउँपालिकामा एकदिनको लागि एक किशोरीले अध्यक्षको जिम्मेवारी लिँदै । तस्बिर : ओमप्रकाश ठाकुर/कान्तिपुर

एमाले महाधिवेशनको दोस्रो दिन सौराहास्थित बन्द सत्रको लागि आईडी कार्ड देखाएर हल प्रवेश गर्दै महिला प्रतिनिधिहरु । तस्बिर : अंगद ढकाल


प्रकाशित : मंसिर १८, २०७८ १९:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×