२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६१

मन्त्रिपरिषद् विस्तार गर्दै वाग्मतीका मुख्यमन्त्री, ८ मन्त्रालय फुटाएर १४

सुवास विडारी

मकवानपुर — वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले जम्बो मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । मन्त्रिपरिषद् विस्तारका लागि उनले मन्त्रालयसमेत विभाजन गरेका छन् ।

मन्त्रिपरिषद् विस्तार गर्दै वाग्मतीका मुख्यमन्त्री, ८ मन्त्रालय फुटाएर १४

प्रदेशमा हाल कायम रहेको ८ मन्त्रालय फुटाएर मन्त्रालयको संख्या १४ वटा बनाउन लागिएको हो । मंसिर १५ गतेको मन्त्रीपरिषद्को निर्णयानुसार मन्त्रालय थप गरी राजपत्रमा सूचनासमेत प्रकाशन गरिएको छ ।

हालको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय फुटाएर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, संस्कृति तथा पर्यटन मन्त्रालय र वन तथा वातावरण मन्त्रालय बनाइने भएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।

भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय फुटाएर कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय बनाएको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालय फुटाएर खानेपानी, उर्जा तथा सिंचाई मन्त्रालय, श्रम रोजगार तथा यातायात मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय बनाएको छ ।

सामाजिक विकास मन्त्रालय फुटाएर यूवा तथा खेलकुद मन्त्रालय र सामाजिक विकास मन्त्रालय बनाइएको छ । मुख्यमन्त्री पाण्डे नेतृत्वको सरकारलाई गठबन्धन भित्रका दलहरूलाई भागबन्डा मिलाउन मन्त्रालय थप गरिएको हो ।

प्रकाशित : मंसिर १८, २०७८ ११:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?