सोह्रखुट्टेमा लागेको आगो नियन्त्रणमा

रासस

काठमाडौँ — काठमाडौंको सोह्रखुट्टेमा लागेको आगो नियन्त्रणमा आएको छ ।

काठमाडौं महानगरपालिका–१७ खुशीबुस्थित नर्सरी चोक नजिक रहेको आशिष गलैँचा स्टोरमा आज दिउँसो २ बजे लागेको आगो साँझ ५ बजेतिर नियन्त्रणमा आएको हो । 

सोह्रखुट्टेमा लागेको आगो नियन्त्रणमा

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले दिउँसो २ बजे लागेको आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र दमकलको सहायताले झण्डै तीन घण्टापछि नियन्त्रणमा लिएको जानकारी दिए ।

कालिकोट घर भई नयाँबजार बस्दै आएका ४९ वर्षीय जनम हमालले सञ्चालन गर्नुभएको कारखानामा आगालागी हुँदा झण्डै डेढ करोड बराबरको क्षति भएको प्रहरीले जनाएको छ । विद्युत् सर्ट भएर आगलागी हुँदा ब्याङ्क्वेट, गलैँचा र लत्ताकपडा जलेर नष्ट भएको प्रवक्ता मैनालीले बताए ।

प्रकाशित : मंसिर १७, २०७८ २१:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?