भीमसेन मन्दिर पुनर्निर्माण अन्तिम चरणमा- उपत्यका - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भीमसेन मन्दिर पुनर्निर्माण अन्तिम चरणमा

कान्तिपुर संवाददाता

ललितपुर — ललितपुर उद्योग वाणिज्य संघको अगुवाईमा पुनर्निर्माण भइरहेको पाटन दरबारक्षेत्रस्थित भीमसेन मन्दिरको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । मन्दिरमा सुनलेपन गरिएको गजुर हालिसकिएको छ ।

शनिबार ‘हाम्रो सम्पदा हामी आफै बनाऔ’ भन्ने नाराका साथ स्थानीय मिलेर मन्दिरको छानो झिंगटीले छाउँदै छन् । मन्दिर पुनर्निर्माण सरोकार समितिका संयोजक कृष्णलाल महर्जनले श्रमदान गर्न इच्छुक महानुभावहरुलाई आउन आग्रह गरे । ‘मन्दिर पुनर्निर्माण गर्न आवश्यक ४ करोड ९३ लाख रुपैयाँ स्थानीयको दान सहयोगबाट जुटिसकेको छ,’ उनले भने, ‘अब चाँडै नै काम समेर सर्वसाधारणका लागि खुला गरिनेछ ।’

२०७२ वैशाखको भूकम्पले क्षतिग्रस्त मन्दिरबारेमा युनेस्कोबाट आएका इटालियन विशेषज्ञको टोलीले अध्ययन गरेर तत्काल भत्काउन सुझाएको थियो । तर राज्यले चासो नदेखाएपछि २०७५ मा स्थानीय आफैं पुनर्निर्माणमा अग्रसर भएका थिए ।

प्रकाशित : मंसिर १७, २०७८ २०:५५
प्रतिक्रिया
पठाउनुहोस्

जो ४३ वर्ष जेल बसेपछि निर्दोष सावित भए

'मसँग अझै केही वर्ष बाँकी छन् । मोबाइल चलाउन बल्ल सिक्दैछु'
एजेन्सी

वासिङटन — केही महिनाको लकडाउनले त मान्छेलाई हैरान बनाउँछ । तर अमेरिकाको मिजोरीस्थित एक व्यक्ति ४३ वर्ष कठिन जेलजीवनबारे हामी अनुमान मात्रै गर्न सक्छौं । त्यो पनि विना गल्ति अभियुक्त बनेर जेल जीवन बिताउनु आफैंमा कठिन हुन्छ ।


केभिन स्ट्रिकल्याण्ड नामका ६२ वर्षीय अमेरिकी नागरिकले हत्या अभियोगमा ४३ वर्षसम्म जेलमा बसेर हालै रिहा भएका छन् । उनी निर्दोष सावित पनि भएका छन् ।

१९७९ मा उनी हत्या अभियोगमा मिजोरीस्थित जेल पुगेका थिए । जेलको लामो र कठिन समय बिताएर बाहिर निस्कँदै गर्दा त्यहाँका कहालीलाग्दा अनुभव उनले शेयर गर्न थालेका छन् । यसै क्रममा उनले जेलबाट निस्किएपछि मात्रै अहिले स्मार्टफोन चलाउन सिक्दै गरेको कुरा मिडियासामु बताएका छन् ।

गत मंगलबार मिजोरीका न्यायाधीशले स्ट्रिकल्याण्डमाथिको मुद्दा उल्ट्याउँदै उनलाई तुरुन्त रिहा गर्न आदेश दिएका थिए । आदेशको क्रममा न्यायाधीशले स्ट्रिकलल्याण्डमाथि गलत तरिकाले दोषी ठहर गरिएका प्रमाणसमेत उल्लेख गरेका छन् ।

उनले जेलबाट रिहा भएपछि सिबीएस न्युज च्यानलबाट अन्तर्वार्ता दिँदै भनेका थिए 'आज म बाहिर निस्किएँ । म एउटा अन्तरीक्ष युगमा प्रवेश गर्दैछु । र मलाई यसबारे केही थाहा छैन ।'

जेलमा रहँदा उनलाई राज्यले कुनै आर्थिक सहयोग नगरेको बताए । साथै उनले प्रयोग गर्ने ह्वीलचियर समेत खोसिएको बताए । यस्तै स्पाइनल स्टेनोसिसका बिरामी उनले त्यहाँ रहँदा उपचारको सुविधा पनि पाएनन् ।

पछिल्ला केही दिनयता परिवार, साथीभाइ र अरु व्यक्तिहरू उनको वरिपरी झुम्मिँदैछन् । जेलबाट रिहा भएपछि स्ट्रिकल्याण्डले चन्दावापत १ मिलियन अमेरिकी डलरभन्दा धेरै रकम प्राप्त गरिसकेका छन् । जुन रकम उनको उपचारका लागि प्रयोग गरिने बताइएको छ ।

रिहा भएपछिका उनको दैनिकी पनि नितान्त नयाँ र अनौठो तरिकाले बितिरहेको छ । उनले यसबीचमा आफ्नो दाह्री काटे । जुन उनले जेलमा रहँदा रिहा भएपछि मात्रै काट्ने वाचा गरेका थिए ।

उनी अहिले पनि आफ्नो कोठालाई सुरुङ जस्तो रुपमा बुझ्ने गरेको बताउँछन् । हरेक चिजलाई सशंकित रुपमा हेर्ने गर्छन् । 'हो म अहिले पनि त्यहीँ छु । मैले अझै हटाउन सकेको छैन । कसैले मसँग हात मिलायो । र मैले सोचें तिमी के चाहन्छौ ?' स्ट्रिकल्याण्डले सोधे । उनी पछिल्ला दिनमा आफ्नो सेल फोन चलाउन सिक्दै गरेको बताउँछन् । 'मलाई थाहा छैन यसलाई कसरी खोल्ने भनेर,' उनले भने ।

उनी १९७९ मा तीनवटा हत्याको अभियोगमा जेल पठाइएका थिए । तर २०२१ को मे महिनामा स्थानीय अभियोजक जीन पेटर्स बेकरले उनी निर्दोष रहेको बताउँदै रिहाइका लागि भने राज्य महान्यायाधीवक्तासँग थप संघर्ष गर्नुपर्ने जनाएका थिए । उनलाई रिहाइका लागि भएको संघर्षलाई लिएर बेकरले 'आश्चर्यजनक, हतोत्साही र निराशाजनक' भएको प्रतिक्रिया दिएका थिए ।

उनी भन्छन्, 'जेलमा अरु कैदीहरूले भित्तामा पिट्दै मेरो नाम लिएर चिच्याउँदै गरेको आवाज अहिले पनि सुन्दैछु । उनीहरू तिमी बाहिर जाँदैछौ भन्दै मेरो नाम लिएर चिच्याउँदै थिए ।'

कुनै विस्मात छ कि छैन भनेर पत्रकारले सोध्दा उनी आफूले गल्ती नगरेकोले त्यस्तो महसुस नभएको बताए । 'छैन म यहाँ बसिरहेको छु । मैले त्यो गल्ती गरेको थिइनँ । मसँग अझै अरु केही वर्ष छन् । र म ती वर्षहरूलाई सकेसम्म राम्रो बनाउने प्रयास गर्नेछु,' उनले भनेका छन् ।

तर उनले अब आफूसँग केही योजना नरहेको प्रतिक्रिया दिएका छन् । तर आफ्नी छोरीसँग समय बिताउने उनले सोचिरहेका छन् । जवकि उनी पक्राउ पर्दा छोरी सात हप्ताकी मात्रै थिइन् ।

प्रकाशित : मंसिर १७, २०७८ २०:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×