चोरीका मोटरसाइकल चलाउने दुई पक्राउ

काठमाडौँ — ट्राफिक प्रहरीले नक्कली विलबुक बनाएर चोरीका मोटरसाइकल चलाउने दुई जनालाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोसाकमा खटिएको टोलीले वास्तविक नम्बर परिवर्तन गरी नक्कली विलबुक बनाएर चलाउने काभ्रे पाँचखाल नगरपालिका–४ का ३० वर्षीय दिलीप राई र गोरखा पालुङटार नगरपालिका–९ का २५ वर्षीय नवीन कोइरालालाई बुधबार पक्राउ गरेको हो । 

चोरीका मोटरसाइकल चलाउने दुई पक्राउ

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले प्रदेश ३–०२–०११ प ४४०४ नम्बर रहेको पल्सर मोटरसाइकललाई नम्बर परिवर्तन गरेर नक्कली विलबुक बनाएर हिँडिरहेको अवस्थामा पक्राउ गरिएको जानकारी दिए । पक्राउ भएको मोटरसाइकल जडीबुटीबाट हराएको भनी काठमाडौँ महानगरपालिका–३२ का दुर्गानारायण श्रेष्ठले ट्राफिक महाशाखामा निवेदन दिनुभएको थियो । पक्राउ गरिएको मोटरसाइकल र व्यक्तिलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी वृत्त नयाँ बनोश्वर पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित : मंसिर १५, २०७८ २१:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?