कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

काठमाडौंमा चितुवाको छालासहित ३ पक्राउ 

काठमाडौँ — काठमाडौं महानगर–९ एयरपोर्टबाट दुर्लभ वन्यजन्तु चितुवाको छालासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाका अनुसार पक्राउ पर्नेहरूमा नुवाकोट शिवपुरी गाउँपालिका–२ घर भई गोकर्णेश्वर नगरपालिका–३ बस्ने २८ वर्षीय विशाल तामाङ, ३२ वर्षीय विनोद तामाङ र सोही स्थान बस्ने चितवन राप्ती नगरपालिका–१ का ४२ वर्षीय कामी सिंह स्याङ्तान छन् । 

काठमाडौंमा चितुवाको छालासहित ३ पक्राउ 

एयरपोर्ट क्षेत्रमा चितुवाको छाला अवैध रुपमा बिक्री वितरण गर्नका लागि ल्याएको सूचनाको आधारमा महाशाखाको टोलीले बुधबार उनीहरुलाई पक्रेको हो । उनीहरूलाई बरामद २ फिट २ ईन्च लम्बाई र ७ ईन्च चौडाई भएको १ थान चितुवाको छालासहित कारबाहीका लागि जिल्ला वन कार्यालय काठमाडौं पठाइएको महाशाखाले जनाएको छ ।

प्रकाशित : मंसिर १५, २०७८ १८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?