१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

गंगालालमा पीसीआर परीक्षण शुल्क एक हजार कायम

काठमाडौँ — स्वास्थ्यमन्त्री विरोध खतिवडाको निर्देशनपछि सहिद गंगालाल हृदयरोग केन्द्र बाँसबारीको पीसीआर परीक्षण शुल्क सोमबारबाट एक हजार रुपैयाँ कायम गरिएको छ । 

गंगालालमा पीसीआर परीक्षण शुल्क एक हजार कायम

सरकारले २०७७ माघ २८ मा पीसीआर परीक्षण शुल्क एक हजार रुपैयाँ तोकेपनि गंगालालले ७ सय बढी लिँदै आएको थियो । गंगालालका सञ्चालक समितिको अध्यक्षमा स्वास्थ्यमन्त्री रहने व्यवस्था छ ।

अहिले केन्द्रीय प्रयोगशाला टेकु, वीर, सिभिललगायत अस्पतालमा एक हजार रुपैयाँ लिँदै आइरहेका छन् । विदेश जानेहरुलाई त्रिभुवन विमानस्थलमा निजी संस्थाले एक हजार दुई सय रुपैयाँ लिने गरेका छन् । पीसीआर परीक्षण नि:शुल्क गर्न २०७७ असोजमा सर्वोच्च अदालतलका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको संयुक्त इजलासले स्वास्थ्य मन्त्रालयको नाममा परमादेश जारी गरेको थियो ।

मन्त्रालयले नै आदेश अटेर गरेपछि ०७७ कात्तिक १६ मा दायर गरिएको अवहेलना सम्बन्धी मुद्दा अहिले सर्वोच्चमा विचाराधीन छ । सुरुमा स्वास्थ्य मन्त्रालयले २०७७ जेठ ३२ मा प्रति व्यक्ति ५ हजार ५ सय, पछि सर्वसाधारणको धेरै गुनासो आएपछि भदौ १४ मा निर्णय परिमार्जन गरेर ४ हजार ४ सय रुपैयाँ पुर्‍याइएको थियो ।

सर्वोच्चको आदेश पालना नहुँदा सर्वसाधारणको पीसीआरमा मात्रै ३ अर्ब बढी खर्च भइसकेको छ । यसबाहेक मन्त्रालयले सरकारी अस्पतालमा आकस्मिक सेवा निः शुल्क गर्ने सम्बन्धमा पनि चाँडै निर्णय गर्ने योजना रहेको जनाएको छ ।

प्रकाशित : मंसिर १३, २०७८ २०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?