चाँगुनारायणबाट ११ किलो गाँजासहित २ पक्राउ- उपत्यका - कान्तिपुर समाचार

चाँगुनारायणबाट ११ किलो गाँजासहित २ पक्राउ

कान्तिपुर संवाददाता

भक्तपुर — चाँगुनारायण नगरपालिका–६ घुमाउनेमा प्रहरीले ११ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।


पक्राउ पर्नेहरुमा काठमाडौं बल्खु बस्ने २९ वर्षीय गौरव पाठक र चाँगुनारायण नगरपालिका–६ नगरकोटकी ४७ वर्षीया मनकुमारी बस्नेत छन् ।

महानगरीय प्रहरी परिसर भक्तपुरले वाग्गमती प्रदेश २–०२–०२३ प ५६८ नम्बरको स्कुटर जाँच गर्ने क्रममा गाँजा फेला पारेको जनाएको छ ।


प्रकाशित : मंसिर ११, २०७८ १७:४७
प्रतिक्रिया
पठाउनुहोस्

'पार्टीभित्र प्रतिस्पर्धा होइन, एकता मुख्य कुरा हो'

कान्तिपुर संवाददाता

काठमाडौँ — एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र प्रतिस्पर्धा नभई एकता मुख्य कुरा भएको बताएका छन् । प्रतिपक्षी र विपक्षीसँग प्रतिस्पर्धा गर्नुपर्ने र पार्टीभित्र एकता हुनुपर्ने ओलीको भनाइ थियो । 

१० औं महाधिवेशनको बन्द सत्रलाई शनिबार सम्बोधन गर्ने क्रममा ओलीले एकतामा जोड दिन नेता र कार्यकर्ताहरूलाई आग्रह गरेका छन् । 'पार्टीभित्र एकता मुख्य कुरा हो । प्रतिपक्षीसँग प्रतिस्पर्धा मुख्य कुरा हुन्छ । पार्टीभित्र अगाडि बढ्दा एकता मुख्य कुरा हुन्छ । पार्टीभित्र प्रतिस्पर्धा मुख्य कुरा होइन एकता मुख्य कुरा हो । यसले विपक्षीसँग लड्नका लागि बल पैदा हुन्छ,' उनले भने ।

पार्टी एकताका लागि नेता र कार्यकर्ताले महत्वपूर्ण भूमिका खेलेको भन्दै धन्यवाद दिएका ओलीले भने, 'तपाईंहरू दृढतापूर्वक एकताको पक्षमा संघर्ष गर्नुहुन्नथ्यो भने आज यो महाधिवेशनमा यो हैसियतका साथ उपस्थित हुने थिएनौं । हिजो उद्घाटन सत्रमा त्यस हैसियतमा हुने कल्पना पनि गर्न सक्ने अवस्थामा थिएनौं ।'

प्रकाशित : मंसिर ११, २०७८ १७:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×