भक्तपुरमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ — भक्तपुरमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । टिपरको ठक्करबाट घाइते भएका स्कुटर चालक धनकुटा राजारानी घर भइ हाल ललितपुरको कुसुन्ती बस्ने २४ वर्षीय अशिम लिल्बूको ज्यान गएको हो ।

अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक नगरपालिका-८ मा बा.३ ख. ५४२३ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको बा. ५७ प. ३११३ नं को स्कुटरलाई गएराति पौने २ बजे ठक्कर दिएको थियो ।

टिपरको ठक्करबाट गम्भीर घाइते भएका लिम्बू र स्कुटर पछाडि बसेका ललितपुर पाटन बस्ने २६ वर्षीय सन्दिप महर्जनलाई तत्कालै उपचारका लागि इवामुरा अस्पताल लगिएको थियो । तर, लिम्बूको करिब साढे २ बजे नै मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी दिपक गिरीले जानकारी दिए ।

उनका अनुसार अर्का घाइते महर्जनलाई थप उपचारका लागि बी एन्ड बी अस्पताल रिफर गरिएको छ । प्रहरीले टिपर चालक दाङ घर भई हाल माछापोखरी बस्ने किरण कुँवरलाई पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : मंसिर ११, २०७८ ११:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?