२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

मामाको हत्या आरोपी भान्जा समातिए

काठमाडौँ — मामाको हत्या आरोपमा प्रहरीले भान्जालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ थाक्रे–४ घर भई चन्द्रागिरि–५ किसिपिडी बस्ने १९ वर्षीय मिलन लुंगेनी मगर छन् ।

महानगरीय अपराध महाशाखाका प्रवक्ता कृष्णप्रसाद कोइरालाका अनुसार बुधबार राति मादक पदार्थ सेवन गर्ने क्रममा झगडा हुँदा मिलनले मामा ३९ वर्षीय राजु पुलामी मगरलाई कुटपिट गरी भागेका थिए । घाइते राजुको बिहीबार उपचारकै क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको थियो ।

मिलनलाई महाशाखाको टोलीले थाक्रेबाट पक्राउ गरी महानगरीय प्रहरी वृत्त थानकोट पठाएको जनाएको छ । दुवै जना सँगै मजदुरी गर्थे ।


प्रकाशित : मंसिर ११, २०७८ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?