कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

भक्तपुर — अरनिको राजमार्ग सडकखण्ड अन्तर्गत सूर्यविनायक नगरपालिका–८ सूर्यविनायकमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा काभ्रेपलाञ्चोक रोशी गाउँपालिका–३ घरभई कलंकी बस्ने २२ वर्षीय मिलन तामाङ छन् ।

शुक्रबार राति जगातीबाट सूर्यविनायकतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०२–०३० प ०१६८ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेको प्रदेश नम्बर ३–०१–००३ क ७८५१ नम्बरको टिपरलाई ओभरटेक गर्ने क्रममा सडकको डिभाइडरमा ठोक्किएर मोटरसाइकल पल्टिँदा टिपरको पछाडिको चक्कामा परेर घाइते भएका मोटरसाइकल चालक तामाङको मृत्यु भएको भक्तपुर प्रहरी प्रवक्ता डीएसपी दिपक गिरीले बताए ।

प्रहरीका अनुसार टिपरको ठक्करबाट सख्त घाइते तामाङको उपचारकै क्रममा भक्तपुर अस्पतालमा मृत्यु भएको हो । टिपर चालक काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका–१० घरभई काठमाडौं चाबहिल बस्ने २८ वर्षीय सोम बहादुर लामालाई नियन्त्रणमा लिई महानगरीय प्रहरी वृत्त जगातीमा राखिएको छ ।

प्रकाशित : मंसिर ४, २०७८ १३:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?