कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

सुन कछुवासहित २ जना पक्राउ

रासस

काठमाडौँ — सशस्त्र प्रहरीको एक टोलीले काठमाडौंको टोखा नगरपालिका–७ ग्राण्डी अस्पताल नजिकैबाट शुक्रबार सुन कछुवासहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दोलखा घर भई सोही नगरपालिका–३ बस्ने ५० वर्षीय सञ्जु तामाङ र सोलुखुम्बुको सोताङ गाउँपालिका– १ बस्ने २४ वर्षीय अमीर राई छन् ।

उनीहरूलाई विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नं ९ पशुपतिनाथ बाहिनी मुख्यालयबाट खटिएको सशस्त्र प्रहरीले उक्त कछुवासहित पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई कछुवासहित आवश्यक कारवाहीका लागि प्रहरीचौकी टोखामा बुझाइएको छ ।

प्रकाशित : मंसिर ३, २०७८ २०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?