२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

केयू र युलेन्स एजुकेसन फाउन्डेसनबीच समझदारी

कान्तिपुर संवाददाता

ललितपुर — काठमाडौं विश्विवद्यालय (केयू) र युलेन्स एजुकेसन फाउन्डेसनबीच समझदारी भएको छ । केयूको स्कुल अफ एजुकेसन र फाउन्डेसनबीच एक्काइसौं  शताब्दीको सिकाइ र विद्यालयका लागि आवश्यक दक्ष, योग्य र सीपयुक्त शिक्षक र विद्यालयको नेतृत्व विकास गर्नका समझदारी भएको हो ।

केयू र युलेन्स एजुकेसन फाउन्डेसनबीच समझदारी

स्कुल अफ एजुकेसनका डिन प्राडा बालचन्द्र लुईंटेल र फाउण्डेशनका कार्यकारी अधिकृत डा. अरनिकोकुमार पाँडेले समझदारी पत्रमा हस्ताक्षर गरे ।

दुई संस्थाबीचको साझेदारीले शिक्षक शिक्षा, शैक्षिक नेतृत्व तालिम तथा शिक्षा क्षेत्रमा गरिने अध्ययन अनुसन्धानले दक्ष, योग्य र सीपयुक्त शिक्षक र विद्यालयको नेतृत्व विकास गर्ने लक्ष्य राखिएको छ। फाउन्डेसनले स्थापना गरेको युलेन्स सेन्टर फर एजुकेटर डिभलपमेन्ट अन्तर्गत यो कार्य सम्पन्न गरिने छ ।

साझदारीले विद्यालय शिक्षामा परिवर्तन ल्याउन उल्लेखनीय भूमिका खेल्ने केयूका उपकुलपति प्रा.डा. भोला थापाले बताए । युलेन्सका अध्यक्ष सोम पनेरुले प्रगतिशिल शिक्षाका रचनात्मक चिन्तन, महत्वपूर्ण सोच, वाल केन्द्रीत सिकाइ, न्यायमा आधारित शिक्षा र खोजमा आधारित सिकाइ आवश्यक रहेको बताए ।

दुवै संस्थाहरूले सञ्चालन गर्ने शिक्षक तथा शैक्षिक नेतृत्व तालिम कार्यक्रमको मुख्य उद्देश्य एक्काइसौं शताब्दीका शिक्षकहरूलाई उच्च गुणस्तरको पूर्व सेवाकालीन र सेवाकालीन तालिम प्रदान गर्नु रहेको छ ।

नयाँ पुस्ताका शिक्षकहरूलाई तालिम दिने लक्ष्य राखेको यस साझेदारी कार्यक्रमले देशको नवीन शिक्षण सिकाइका आवश्यकताहरू पूरा गर्न र शिक्षाको राष्ट्रिय लक्ष्यहरू हासिल गर्न सहयोग पुर्‍याउने विश्वास गरिएको छ । दुई संस्था बिचको सहकार्यले शिक्षण सिकाइ अभ्यासहरूमा अनुसन्धान गर्न, तथ्यमा आधारित निर्णय निर्माणमा योगदान पुर्‍याउन र राष्ट्रिय स्तरमा नीति निर्माणमा समेत सहयोग पुर्‍याउने लक्ष्य राखेको छ ।

प्रकाशित : कार्तिक १०, २०७८ २०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?